केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी झुन्डिएको अवस्था मृत भेटिए

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी झुन्डिएको अवस्थामा मृत भेटिएकी छिन् ।

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन् । उनको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

  • १९ असार २०७९, आईतवार ०९:०० प्रकाशित