नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकता राष्ट्रिय अभियानबाट संयोजक वामदेव गौतमलाई निष्कासित भएका छन् । अभियानमा आवद्ध ४ दलले गौतमलाई निश्कासन गरेका हुन् । अभियानका शीर्ष नेताको शनिबार बसेको बैठकले गौतमलाई हटाएको हो । गौतममाथि पाँच बुँदे आरोप लगाउँदै निष्कासन गरिएको हो ।

अभियानका नेता युवराज सफलले गौतमलाई संयोजकबाट हटाइएको जानकारी दिए । अभियानमा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टी छन् ।

गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले ११ असारमा ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा दोस्रो भेला गरेको थियो । भेलाले गौतमको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने निर्णय गरेको थियो ।

गौतमलाई जिम्मेवारीबाट हटाए पछि सचिवालय सदस्य युवराज सफललाई संयोजकको जिम्मोवारी दिइएको छ । सोही बैठकले ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।

 

  • १८ असार २०७९, शनिबार १८:३६ प्रकाशित