पोखरा ।
पोखरा महानगरपालिका वडानम्बर ३ पालिखेचोकमा नगरपालिकाले फाल्चा निर्माण गर्न स्थानीय र महानगरपालिकाबीच सहमति भएको छ । स्थानीयले पालिखेचोकमा फाल्चा निर्माण गर्दा वडानम्बर तीनको विकासमा अवरोध पुग्ने भन्दै फाल्चा निर्माण रोक्न महानगरपालिकाको ध्यानाकार्षण गराउदै आएका थिए ।
महानगरपालिका र स्थानीयबीच ८ बुदेँ सहमति भएको छ । अब उक्त स्थानमा फाल्चा निर्माणको कामले निरन्तरता पाउने छ ।
भिन्तुना युवा क्लवका अध्यक्ष राजन श्रेष्ठले विकास क्रममा आवश्यकता परेको बेलामा सो फाल्चा हटाउने गरी हाललाई निर्माण नरोक्ने सहमती भएको जानकारी दिए ।
पालिखेचोक हुदैँ वडानम्बर ३ प्रवेश गर्ने साघुँरो सडकलाई चौडा बनाउने र नालामुख सम्म ढल तथा सडक स्तरोन्नती अगाडी बढाउने पनि सहमती भएको श्रेष्ठले बताए ।















