काठमाडौं ।
जसपाले मन्त्री हेरफेर गर्ने तयारी गरेको छ ।
सहमतिमै विभाजनको तयारी भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने भएका हुन्।
जसपा स्रोतका अुनसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठबाहेक अन्य तीनजना मन्त्रीहरु फिर्ता बोलाउने तयारी छ । फिर्ता हुनेमा कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव छन् ।
बाबुराम भट्टराईतिर जान लागेका सांसदलाई समेत समेटेर उनले नयाँ मन्त्रीहरू सरकारमा पठाउन लागेका हुन् ।














