खुमलटारमा प्रचण्ड–राजेश हमाल भेट

केन्द्रभाग मिडिया

काठमाण्डौ ।

नायक राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् । प्रचण्डलाई भेट्न हमाल बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा सङ्गीतकार चेतन सापकोटा पनि सहभागी थिए ।

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधुप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । तर, भेटमा के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन । चलचित्र विकास बोर्डको अध्यक्षका लागि अरु कलाकार पनि दौडधुपमा छन् ।

अध्यक्षको आकाङ्क्षी कलाकारहरु नायक भुवन केसी, निर्देशक सम्झना उप्रेती, सुचित्रा श्रेष्ठ लगायतले राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिरहेका छन् ।

  • १७ असार २०७९, शुक्रबार ११:४३ प्रकाशित