मधेसमा ११ महिनामा विपदमा परेर ५०१ जनाको मृत्यु

केन्द्रभाग मिडिया

मधेस प्रदेशमा विपदका घटनामा परेर ५०१ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मात्रै ५०१ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रहरी कार्यालयको अनुसार २०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशका विभिन्न जिल्लामा भएका एक हजार ७०१ विपद्का घटनामा १८२ पुरुष, १०८ महिला र १४३ बालबालिकाको ज्यान गएको हो ।

सो अवधिमा भएका विपद्का घटनामा परेर २१० महिला, १३७ पुरुष र ६१ बालबालिका घाइते भएका थिए । यस्तै एक पुरुष, दुई महिला र पाँच बालबालिका बेपत्ता भएका छन् ।

  • १७ असार २०७९, शुक्रबार १०:५५ प्रकाशित