दक्षिण कोरियामा १३ नेपाली पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

रोजगारीका लागि नेपाली युवाको आर्कषणमा रहेको दक्षिण कोरियामा १३ नेपाली पक्राउ परेका छन् ।अवैध रुपमा काम गरिरहेका १३ जना नेपालीलाई दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा पक्राउ परेका हुन् ।

पक्राउ परेका नेपालीहरुको नाम ठेगाना हाल सम्म खुल्न सकेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।

अध्यागमन अधिकारीका अनुसार चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम ९इ–८०को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् । अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।

  • १७ असार २०७९, शुक्रबार १०:०२ प्रकाशित