प्रदेश १ की सांसद गुलेफुन खातुनको राजीनामा स्वीकृत

केन्द्रभाग मिडिया

विराटनगर ।

सरकारी सहीछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएकी नेकपा एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन् । नेकपा एमालेबाट प्रदेश १ की समानुपातिक सांसद खातुनले राजीनामा दिएकी हुन् ।

उनले दिएको राजीनामा पत्र बिहीबार प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले वाचन गरेर सुनाएका थिए । राजीनामा पत्र बाचन पछि उनले राजीनामा स्वीकृत भएको जानकारी गराए । उनलेसमानुपातिक तर्फको एउटा पद रिक्त रहेको जानकारी दिए ।

मोरङबाट प्रतिनिधित्व गर्ने खातुनलाई सरकारी सहीछाप किर्ते मुद्दामा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरले दोषी ठहर गरेको थियो ।

 

  • १६ असार २०७९, बिहीबार १७:११ प्रकाशित