काठमाडौं ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले आफुले राजीनामा नदिएको बताएकी छिन् । प्रदेश सरकारले विमलाले राजीनामा बताएको थियो तर उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् ।
अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दबाब रहँदै आएको थियो ।
‘उहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसके, बुधबार विमलाको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराएका थिए ।
तर विमलाले आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न भनेकी छिन् । समाचार स्रोत ः नागरिक दैनिक














