काठमाडौं ।
हिजो (बुधबार) बिहानैदेखि अवरुद्ध बुटवल नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।
बाढीले सडकको डाइभर्सन बगाउँदा बन्द भएको सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको हो । पूर्वपश्चिम राजमार्गको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो ।
प्रहरीको अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको छ ।मङ्गलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो ।