कञ्चनपुर ।
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।
छिमेकीको खेतमा काम गर्न गएकी पार्वती खुनाले छोरी करिश्मालाई छिमेकीकै घरमा लगेर छाडेकोमा पानी परेर घर भत्किदाँ बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ ।
घर भत्किदाँ ४० वर्षीय मान्टे थारु र मृतक बालिकाको दाजु अर्जुन घाइते भएका छन् । दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।