महँगी नियन्त्रण गर्न अब देशभर अनुगमन : आपूर्तिमन्त्री बडू

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले महँगी नियन्त्रणका लागि देशभर अनुगमन गर्ने भएको छ । दिनदिनै बढेको महँगीले जनता मारमा परेपछि सरकारले बजार अनुगमन गर्ने भएको हो ।

संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन गर्ने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

वाणिज्य मन्त्रालयको सभाहलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बडूले इन्धनको मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको मूल्य वृद्धि घटाउन र उपभोक्तालाई राहत दिन यस्तो निर्णय गरिएको बताए ।

देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रसासन र स्थानीय तहलाई पत्राचार गरिएको पनि उनले बताए ।

  • १५ असार २०७९, बुधबार १७:०४ प्रकाशित