नेकपा एमालेसँग कुनै पनि वार्ता र सहकार्य हुन्नः एकीकृत समाजवादी

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा (एकीकृत समाजवादी) का महासचिव डा। वेदुराम भुसालले नेकपा एमालेसँग सहकार्य वा वार्ताका लागि कुनै सर्त नराखेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा। भुसालले भने, “हामीले एमाले सच्चियो भने वार्ता र सहकार्यका यो वा त्यो कुनैसर्त राखेका छैनौं । उसको नाममा हामीले छलफलै गरेका छैनौं । उसले लोकतन्त्रमाथिको घात नस्वीकारेसम्म सहकार्य त परै जाओस्, वार्ता पनि हुन्न ।”

लोकतन्त्र र संविधान नै कुल्चेर हिँड्ने शक्ति कम्युनिस्ट पार्टी हुन नसक्ने जिकिर पनि उनले गरे । डा।भुसालले भने, “पहिले कम्युनिस्ट को हो भनेर निक्र्यौल हुनुपर्यो । लोकतन्त्र र संविधान नै कुल्चेर हिँड्ने शक्ति कम्युनिस्ट पार्टी हुन सक्दैन ।

कम्युनिस्ट नाम राख्दैमा कम्युनिस्ट हुन सक्दैन । कांग्रेससँग हाम्रा थुप्रै मतभेद छन् । तर कांग्रेस र कम्युनिस्ट मिलेर नै मुलुकमा परिवर्तन ल्याएका छन् । अहिले हामी गठबन्धनबाट बाहिर निस्कन सक्दैनौं ।” केन्द्रीय परिषद् बैठकमा कसैले पनि गठबन्धनबाट बाहिर निस्कनुपर्छ नभनेको पनि उनले दाबी गरे ।

वामदेव गौतमले भनेजस्तो तत्काल सबै कम्युनिस्ट पार्टी एक हुने कुनै पनि सम्भावना नरहेको उनले औंल्याए । डा। खतिवडाले भने, “उहाँले तीन महिनामा एक्लै कसरी एकता गर्न सक्नुहुन्छ रु सबै वामभन्दा कोकोलाई समावेश गर्ने रु जो जो वाम भनेर हिँडेका छन्, तिनीहरु एक हुने सम्भावना हुँदैन होला ।”

  • १५ असार २०७९, बुधबार १५:४७ प्रकाशित