एजेन्सी ।
अमेरिकाको टेक्ससमा एउटा ट्रकमा कम्तीमा ४६ जनाको शव भेटिएको फक्स फोर न्यूज च्यानलले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार कम्तिमा १६ जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ । ट्रक सान एन्टोनियोको दक्षिणपश्चिम तर्फ रेलवे ट्र्याक नजिकै भेटिएको जनाइएको छ ।
भेटिएका ती सबै आप्रवासी भएको अनुमान गरिएको छ ।घटनास्थलबाट चालक भागेको बताइएको छ । प्रहरीले चालकको खोजी गरिरहेको छ । घातक खुला सीमा नीतिको परिणाम भएको भन्दै टेक्ससका गभर्नर ग्रेग एबोटले राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् ।
यी व्यक्तिको मृत्यु के कारणले भएको हो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।