नेकपा एसले झाँक्रीलाई धरधरी रुवाएको भन्दै रामचन्द्र पौडेलले पोखे असन्तुष्टि

केन्द्रभाग मिडिया

काठमाडौैं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रामकुमारी झाँक्रीलाई धर्धरी रुवाएर समाजवाद नआउने बताएका छन् । नेकपाका संस्थापक नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको समाजवादबारेको अन्तरक्रियामा बोल्दै नेता पौडेलले सबैको पालो पुर्‍याउन मन्त्री फेर्ने संस्कृतिले समाजवाद नआउने बताए ।

‘चार दिन काम गर्न नपाएका मन्त्रीलाई हटाउनुपर्ने । सबैको पालो पुर्‍याउनुपर्ने पनि कतै हुन्छ रु समाजवादको कुरा गर्दा रामकुमारी झाँक्रीलाई धर्धरी रुवाएर समाजवाद आउँछ रु हामी समाजवादको नारा फलाक्ने तर घार प्रतिक्रियावादी कामहरू गर्ने रु यसरी चल्दैन । नेता, कार्यकर्ता सबैको संस्कार बदल्नुपर्छ तब मात्रै समाजवाद आउँछ’, पौडेलले भने ।

पौडेलले संविधानले दिएका अधिकारहरू कार्यान्वयन गरेमात्रै समाजवादको जग बसाल्न सकिने बताए । संविधानविरुद्ध उभिएर समाजवाद नआउने भन्दै पौडेलले संविधान जोगाउन गठबन्धन बनेको बताए ।उनले कम्युनिस्ट पार्टीहरूले समाजवादको शब्दजाल बुनेको तर सो अनुसार आचरण नगरेको बताए । पौडेलले सबैको भाग पुर्‍याउन समाजवादी पार्टीका मन्त्री फेरेर पालो पुर्‍याइनु गलत भएको बताए ।

  • १३ असार २०७९, सोमबार १६:४९ प्रकाशित