विप्लव समूहका चार केन्द्रीय सदस्य माओवादी प्रवेश गर्दै

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व पार्टी चार जना केन्द्रीय सदस्य नेकपा माओवादी प्रवेश गर्ने भएका छन् ।

सो समुहबाट अलग भएका ओमप्रकाश पुनसहितका चार केन्द्रीय सदस्य आगामी बुधबार (असार १५ गते) नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका हुन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमका बीच पार्टी प्रवेश गराउने प्रचण्डको सचिवालयले जनाएको छ ।

  • १३ असार २०७९, सोमबार १६:११ प्रकाशित