एमालेले गर्‍यो राष्ट्रिय सभामा पनि अर्थमन्त्रीलाई बहिष्कार

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका सांसदहरुले राष्ट्रिय सभाको बैठक बहिष्कार गरेका छन् ।अध्यक्ष गणेश तिमिल्सिनाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री जनार्दन शर्मालाई बोलाउने बित्तिकै एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको भन्दै अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै आएको छ । यसअघि प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अर्थमन्त्री शर्मालाई बहिस्कार गरेका थिए ।

राष्ट्रिय सभाबाट एमाले सांसदहरु बाहिरिए पनि अर्थमन्त्री शर्मा बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् ।

  • १३ असार २०७९, सोमबार १५:४९ प्रकाशित