अब उपभोग्य वस्तुको मूल्य पनि घट्छ : उद्योगमन्त्री बडू

केन्द्रभाग मिडिया

काठमाडौं ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अब दैनिक उपभोग्य वस्तुको मूल्य पनि घट्ने बताएका छन् । संसदको बैठकमा बोल्दै उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै उपभोग्य वस्तुको मूल्य पनि घट्ने बताएका हुन् ।

बडुले अन्य उपभोग्य वस्तुको मूल्य कहाँ कहाँ घटाउनुपर्ने हुन्छ घटाउन निर्देशन दिएका छन् ।उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्य घटेपछि त्यसको प्रभाव कहाँ कहाँ पर्छ, उपभोग्य वस्तुको मूल्य घटाउन निर्देशन दिइन्छ। मूल्य नियन्त्रणका लागि अनुगमन गर्ने तयारीमा छौं। आजै उद्योग मन्त्रालयमा मूल्य घटाउने सन्दर्भमा बैठकसमेत राखेको छु।’

उनले आयल निगमलाई संस्थागत रुपमा सुधार गर्ने सरकारको योजना रहेको बताए।

  • १२ असार २०७९, आईतवार १६:५० प्रकाशित