महानगरवासीलाई सजगता अपनाउन मेयर आचार्यको आग्रह

केन्द्रभाग मिडिया

महानगरवासीलाई सजगता अपनाउन मेयर आचार्यको आग्रह

पोखरा ।

पोखरा महानगरका मेयर धनराज आचार्यले वर्षाका कारण आउन सक्ने बिपद्को जोखिमबाट जोगिन थप सजगता अपनाउन नगरवासीलाई आग्रह गरेका छन् ।

आइतबार एक अपिल जारी गर्दै मेयर आचार्यले पोखराका विभिन्न ठाउँमा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण वडा नम्बर –२५ हेम्जामा केही घरमा क्षति पुगेको, पोखरा – ४ मा सडक भासिनुका साथै एक घरमा क्षति पुगेको, पोखरा–१६ अर्मला, वडा नम्बर २३ चापाकोट र वडा नम्बर–१९ लगायतका विभिन्न स्थानमा भासिनुका साथै ग्रामिण तथा सहरी सडक समेत अवरुद्ध हुन पुगेको भन्दै मेयर आचार्यले ति स्थानमा जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल प्रहरी र रेडक्रस सहित सरोकारवाला संस्थासंग समेत सहकार्य गर्दै राहत उद्दार र आवश्यक सहजीकरण कार्य भइरहेको जानकारी दिएका छन् ।

अपिलमा मेयर आचार्यले ‘बाढी, पहिरो र डुबान लगायतका कारण उत्पन्न विपद्को यो क्षणमा वर्षादका समयमा जमिन भासिने, बाढी, पहिरो र जलाशयहरुको बढी जोखिम हुनेहुँदा थप सजगता अपनाउन, पूर्व सूचना÷संकेतका आधारमा जोगिने उपायहरु खोज्न र विपत्तिमा सम्बिन्धित निकायमा यथासक्य छिटो जानकारी गराउनुहुन सबै नगरवासी समक्ष हार्दिक अपिल गर्दछु ।

 

  • १२ असार २०७९, आईतवार १६:०५ प्रकाशित