भारतीय क्रिकेटका कप्तान रोहित शर्मालाई कोरोना सङ्क्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

बीसीसीआईले एक वक्तव्य जारी गर्दै शनिबार गरिएको र्‍यापिड एन्टिजेन परीक्षणमा शर्मामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ ।यसले इङ्ल्याण्डविरुद्ध एजब्यास्टनमा हुन गइरहेको टेस्टमा उनको सहभागितामा शङ्का उत्पन्न भएको छ ।

रोहित हाल भारतीय क्रिकेट टोली बसिरहेको होटलमा स्वास्थ्य मापदण्ड पालना गर्दै आइसोलेसनमा बसिरहेका छन् । उनले पाँच दिन आइसोलेसनमा बस्नुपर्छ । थाइल्याण्डसँगको टेस्ट जुलाई १ मा सुरु हुँदैछ ।

  • १२ असार २०७९, आईतवार १०:५९ प्रकाशित