यसपाली विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाइने

केन्द्रभाग मिडिया

एजेन्सी ।

यसपाली विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाइने भएको छ ।

कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाउने अनुमति प्रदान गरेको हो ।

अघिल्ला विश्वकपमा २३ खेलाडी एक टिमले राख्ने पाउने व्यवस्था थियो । अब, भने २६ खेलाडी पाउने भएको छ । यस्तै, फिफाले एक खेलका लागि टिमले १५ सब्सिच्युट खेलाडीको नाम राख्न पाउने पनि जनाएको छ । अर्थात खेलका लागि सबै खेलाडी उपलब्ध हुनेछन् ।

यस्तै, विश्वकपका लागि फिफाले २६ खेलाडीसँगै ११ अफिसियलमात्र एक टिमले राख्न पाउने बताएको छ । टिममा डाक्टरलाई अनिवार्य गरिएको छ । २० अक्टोबरदेखि सुरु हुने विश्वकप खेल्ने ३२ टिमको टुङ्गो लागिसकेको छ ।

  • १० असार २०७९, शुक्रबार १६:३६ प्रकाशित