मूल्यवृद्धि विरुद्ध जनसंगठनलाई आन्दोलनमा उतार्दै एमाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख विपक्षी नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि विरुद्ध जनसंगठनलाई आन्दोलनमा उतार्ने भएको छ । मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै सम्बन्धित जनवर्गीय संगठनहरूलाई सडक आन्दोलनमा उतार्ने एमालेले निर्णय गरेको हो ।

एमाले जनसंगठन समन्वय संयन्त्रको बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले जनताको दैनिक समस्या विकरल बन्दै गएकाले सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको बताइएको छ ।

एमालेका २२ वटा जनसंगठनका प्रमुखहरूसहितको बैठकले मुद्दा अनुसार संयुक्त आन्दोलन वा सम्बन्धित संगठनले एकल आन्दोलन गर्ने निर्णय भएको जनाएको छ ।

तत्कालै मुल्यवृद्धि, किसानले मल नपाएको तथा विद्यार्थीले पाठ्यपुस्तक नपाएको विषयमा आन्दोलन सुरू हुने भएको छ ।

  • ९ असार २०७९, बिहीबार १६:४९ प्रकाशित