नागरिकता विधेयक अघि बढाउने सत्ता गठबन्धनको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।
सत्ता गठबन्धन बैठकले नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक अघि बढाउने प्रस्ताव गरेका थिए । “प्रधानमन्त्रीले आजको बैठकमा नागरिकता विधेयक अघि बढाउने प्रस्ताव गर्नुभएको छ । अहिले हाम्रो समाजमा बुबा नागरिक,आमा नागरिक तर उनका सन्तानहरू नागरिकताविहीन भइरहेको अवस्था छ । यसलाई अन्त्य गर्नका निमित्त अग्रसरता लिनका लागि आज निर्णय भएको छ,” उनले भने ।

नागरिकता विधेयक २०७५ साउन २२ गते संसद् सचिवालयमा दर्ता भएको थियो । त्यसपछि लामो समयसम्म संसद्को राज्यव्यवस्था समितिमा अड्किएको थियो ।

  • ८ असार २०७९, बुधबार १८:१३ प्रकाशित