तत्काल मन्त्रिपरिषद हेरफेर गर्न प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको दबाव

केन्द्रभाग मिडिया

नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीले निर्णय गरेअनुसार तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिएको छ ।

बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाव दिने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए ।

उनले भने, ‘हाम्रो पार्टीले मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने निर्णय गरेको थियो। त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गरेको छैनरु आजको बैठकले तुरुन्तै कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय गरेको छ। त्यही निर्णय लिएर अध्यक्ष बालुवाटार जानुभएको छ।’

एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई सरकारमा पठाउने निर्णय गरेको थियो।

हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो। तर माधव नेपालले निरन्तर ताकेता गर्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णय कार्यान्वयनमा आलटाल गरिरहेका छन्।

  • ८ असार २०७९, बुधबार १६:४९ प्रकाशित