काठमाडौं ।
पछिल्ला समय पेट्रोलियम पदार्थदेखि खाद्यन्न, नुनतेलको भाउ आकासिएको छ ।
सामान्य दैनिकरुपमा उपभोग्य चिनिको मुल्य भने ह्वात्तै बढेको छ । चिनीको मूल्य अस्वभाविक रुपमा बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीसँग स्पष्टीकरण मागेको छ । विभागले चिनीको मूल्य वृद्धिको कारण पेश गर्न व्यापारीलाई निर्देशन दिएको छ ।
भारतले चिनी निर्यातमा रोक लगाएसँगै बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेको हो ।
चिनीको मूल्यबारे धेरै गुनासो आएपछि बजारमा चिनीको उपलब्धता र मूल्यबारे जानकारी माग गरेको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए ।चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले बढेको छ ।
केही दिन अघिसम्म ९५ रुपैयाँ किलो रहेको चिनीको बजार मूल्य प्रतिकिलो ११०/११५ रुपैयाँसम्म पुर्याइएको छ ।