मंकीपक्सको जस्तो लक्षण देखिएको भन्दै टेकु अस्पतालमा निगरानीमा राखिएको युवकमा मंकीपक्स नभई कुष्ठरोगको लक्षण देखिएको अस्पतालले जनाएको छ ।
दुबईबाट नेपाल आएका ती युवकमा मंकीपक्स भाइरसको संक्रमण नभएको टेकु अस्पतालले जनाएको छ । बिहिबार दुबईबाट काठमाडौँ आएका एक युवकमा मंकीपक्स भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो ।