एसपीपी सम्झौता खारेज हुन्छ : प्रचण्ड

केन्द्रभाग मिडिया

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ‘एसपीपी’ सम्झौता खारेज हुने बताएका छन् ।

चितवनको एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आउनुभएका अध्यक्ष दाहालले भरतपुर विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा एसपीपी सम्झौता खारेज हुने बताएका हुन् ।

एमसीसी र एसपीपी दुबै नेकपा (एमाले) अध्यक्ष केपी ओलीकै कारण भएको भएको भन्दै मुलुकलाइ असर पार्ने सम्झौता कार्यान्वयन नहुने बताए ।

उनले एमसीसी १२ बुँदे घोषणा पत्रसहित पास गर्‍यो, तर एसपीपीमा कुनै १२ बुँदे नहुने भएकाले यो खारेज हुने प्रष्ट रहेको बताए । पत्रकारको अर्को प्रश्नमा उनले वाम गठबन्धनविरुद्ध बाहिर धेरै कुरा सुनिए पनि त्यस्तो केही नभएको र अहिलेकै गठबन्धन निरन्तर रहने बताए ।

माओवादी एमालेसँग मिल्न लागेको हो भन्ने प्रश्नमा पूर्व प्रधानमन्त्री समेत रहनुभएको दाहालले तल्लो तहका केही नेताहरुको त्यो कुरा होला तर पार्टीमा त्यस्तो कुनै कुरा नभएको प्रष्ट पारे ।

  • ३ असार २०७९, शुक्रबार १२:५६ प्रकाशित