फेरि बढ्यो पेट्रोलको मूल्य, लिटरको २ सय माथि

केन्द्रभाग मिडिया

File photo

पेट्रोलको भाउ फेरि बढेको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले फेरि इन्धनको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमको विज्ञप्ति अनुसार आईओसीले पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढाएर पठाएको छ ।

भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले जनाएको छ । अहिले पेट्रोल प्रतिलिटर एक सय ७८ रुपैयाँमा बिक्री गर्दै आएकोमा अब लागत मूल्य दुई सय नौ रुपैयाँ २८ पैसा पुगेको निगमले जनाएको छ ।

यस्तै डिजलमा अब प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर सात सय ५१ रुपैयाँ १४ पैसा घाटा हुने निगमले जनाएको छ ।

  • ३ असार २०७९, शुक्रबार ०७:४७ प्रकाशित