संसदमा प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्रीको जवाफ : एसपीपीमा नेपाल आवद्ध भएको छैन, सोच पनि छैन

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल एसपीपीमा आवद्ध नभएको स्पष्ट पारेका छन् ।

उनले संसद्लाई सम्बोधन गर्दै भने, “नेपाल आवद्ध हुने निर्णय गरेको छैन । सोच पनि राखेको छैन । एसपीपीमा नेपाल आवद्ध भएको छैन । कुनै निर्णय पनि भएको छैन । नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्ध प्रयोग हुन दिँदैन ।”

बिहीबार रक्षा मन्त्रालय बजेट माथिको छलफलमा प्राय सबै सांसदहरुले एसपीपीबारे प्रश्न उठाएका थिए । उनीहरले अमेरिकी दूतावासका पदाधिकारी, नेपाली सैनाको वक्तव्यले शंका उत्पन्न गरेको र वास्तबिकता स्पष्ट पार्न भनेका थिए ।

खाँणले नेपाल संयुक्त राष्ट्र संघ सदस्य राष्ट्र भएकाले पनि यस्ता कार्यक्रममा संलग्न हुन नहुने तर्क राखेका छन् । ‘हामी संलग्नतै हुन चाहदैनौं । सरकारको प्रतिवद्धता महत्वपूर्ण कुरा हो’, उनले भने । मन्त्री खाणले प्रधानमन्त्रीको अमेरिका भ्रमणको मिति अहिलेसम्म टुङगो नलागेको बताएका छन् । टुङगो लागेपछि संसदमा जानकारी गराइने बताए ।

  • २ असार २०७९, बिहीबार १५:१२ प्रकाशित