काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद बैठक बहिष्कार गर्दै बाहिरिएको छ ।
राष्ट्रघात हुने गरी अर्थमन्त्री जर्नादन शर्माले रातारात करको दायरामा फेरबदल गरेको भन्दै असन्तुष्ट बनेको एमालेले अर्थमन्त्रीको जवाफ सुन्न इन्कार गर्दै प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । तर, एमालेकै सांसद भीम रावल भने संसदको प्रक्रियामा सहभागि भएका छन् ।
रावलले प्रधानमन्त्रीका तर्फबाट सांसदमा जवाफ दिएका गृहमन्त्री बालकृष्ण खाँणलाई स्टेट पार्टनरसिप प्रोग्रामबारे प्रश्न समेत गरेका छन्।
एमाले सांसदको अवरोधको बेवास्ता गर्दै अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । अर्थमन्त्रीको जवाफ सकिनासाथ एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख प्रतिपक्षको विरोधलाई बेवास्ता गरिएको भन्दै संसद बहिष्कारको घोषणा गरेका हुन् ।
एमालेले बहिस्कार गरेपनि सभामुखले बैठक जारी राखेका छन् ।














