ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

केन्द्रभाग मिडिया

झापा गाउँपालिकामा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। झापा गाउँपालिका ३ निवासी २० वर्षीय अख्तर अलीको मृत्यु भएको हो।

झापा ३ स्थित कत्लामारीको भित्री सडकमा बुधवार दिउँसो १ ५० बजे उत्तरबाट दक्षिण तर्फ गइरहेको मे ११ प २८२२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मे १ त ४४१८ नम्बरको ट्र्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो।

प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका अलीको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा बुधबार राति साढे १० बजे मृत्यु भएको हो।

ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। फरार रहेका चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

  • २ असार २०७९, बिहीबार ११:३३ प्रकाशित