अब गरिबीकै कारण उपचारबाट बञ्चित हुनु पर्दैन : मन्त्री खतिवडा

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गरिब र आर्थिक समस्या भएकालाई उपचार खर्चमा सहुलियत दिने बताएका छन् । खतिवडाले गरिबीकै कारण उपचारबाट बञ्चित हुने अवस्था नहुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले सरकारी अस्पतालमा आएका बिरामीलाई पैसा भएको वा नभएको कारणले बिरामी फिर्ता नगरेको र फिर्ता नगर्ने बताए ।

मन्त्री खतिवडाले अस्पतालमा आउने बिरामीको लवाई–खुवाई, उसलाई भेट्न आउने आफन्त, बिरामी र आफन्तको रुवाबासी आदिका आधारमा दुई तिन दिनमा बिरामी भएको मान्छे गरिब हो कि होइन भन्ने एकीन हुने र त्यस आधारमा उपचारमा सहुलियत दिने बताए । उनले पैसा बिहिनलाई सरकारी अस्पतालले उपचार सुविधा दिने दावी गरे ।

  • १ असार २०७९, बुधबार १६:५९ प्रकाशित