काठमाडौं ।
पुराना जहाजका कारण पछिल्लो समय जहाज दुर्घटना हुने गरेको आलोचना पछि सरकारले १५ वर्ष भन्दा पराना जहाज किनबेचमा रोक लगाउने भएको छ ।
सरकारले पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाउने घोषणा गर्दै सो कुराको बताएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बुधबार संसदमा बोल्दै अब १५ वर्ष भन्दा बढी पुराना जहाज किन्न नपाइने बताएका हुन् ।
अहिले सुगममा उड्ने प्रेसराइज जहाज १५ वर्ष र दुर्गम भेगमा उड्ने ननप्रेसराइज जहाज २० वर्ष पुराना भएमा किन्न नपाउने नियम छ । यसलाई ५ वर्ष घटाएर अब १० र १५ वर्ष कायम गर्ने तयारी सरकारले गरेको मन्त्री आलेले जानकारी दिए ।