६० फिट गहिरो बोरवेलमा खसेका बालकको ४ दिन पछि जिवितै उद्धार

केन्द्रभाग मिडिया

तस्वीर : एजेन्सी

एजेन्सी ।

भारतमा बोरवलेमा खसेका एक बालकको झण्डै ४ दिनपछि जिवितै उद्दार भएको छ ।

भारतको छत्तीसगढको जंजगीर–चम्पा जिल्लामा बोरवेलमा फसेका राहुल नामका बालक गत शुक्रबार दिउँसो २ बजेतिर ६० फिट गहिरो बोरवेलमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती बालकलाई १०६ घण्टापछि मंगलबार राति उद्धार गरिएको हो । उद्धार गरेलगत्तै उनलाई बिलासपुरको एपोलो अस्पताल लगिएको बताइएको छ।

प्रशासन, एसडीआरएफ, एनडीआरएफ र सेनाले निरन्तर उनको उद्दारको प्रयास गरेको थियो । यसलाई देशकै सबैभन्दा ठूलो उद्धार कार्यको रुपमा लिइएको भारतीय समाचार संस्थाले उल्लेख गरेका छन् ।

  • १ असार २०७९, बुधबार ०९:५६ प्रकाशित