गायिका इन्दिरा जोशीले आफ्ना प्रेमी शरद केडियासँग लगनगाँठो कसेकी छिन् । उनीहरुको आज चितवनको बाराही जंगल लजमा विवाह भइरहेको छ ।
विगत तीन वर्षदेखि इन्दिरा फेसन डिजाइनर शरद प्रेम सम्बन्धमा थिइन् ।आज दुवैको परिवार र सीमित आफन्तको उपस्थितिमा विवाह समारोह भइरहेको छ । आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिराले मंगलबार विवाह गर्न लागेको जानकारी दिएकी थिइन् ।
गत वर्ष माउन्ट एभरेस्ट फेसन रनवे कार्यक्रमको सिलसिलामा नाम्चे पुगेको बेला शरदले इन्दिरालाई विवाह प्रस्ताव राखेका थिए ।