बाढी पूर्वानुमान महाशाखाले आज बाढी आउन सक्ने र बहाव बढ्न सक्ने नदीहरुको नाम सार्वजनिक गरेको छ ।
महाशाखाले आज बिहान गरेको मापन अनुसार मंगलबार प्रदेश १ को इलाम, झापास गण्डकी प्रदेशको स्याङ्जा, कास्की, तनहुँ, लमजुङ गोरखा र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्ने, केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान गरेको छ ।
यस्तै ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सुनसरी, मोरङ, प्रदेश २ का जिल्लाहरू लगायत मकवानपुर, धादिङ, नुवाकोट र आसपास जिल्ला भई वहने केही स-साना नदीहरूमा पनि बहाव बढ्न सक्ने महाशाखाले उल्लेख गरेको छ ।
कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव सामान्य तथा सतर्कता तह भन्दा तलै रहेको बाढी पूर्वानुमान गरेको छ ।