वाम एकताबारे एमाले भन्छ, ‘कांग्रेससँग बार्गेनिङ गर्न माओवादीले चलाएको सुनियोजित हल्ला हो’

केन्द्रभाग मिडिया

नेकपा एमालेले बाम एकता माओवादीले चलाएको सुनियोजित हल्ला मात्र भएको दाबी गरेको छ ।

तत्काल बाम एकता सम्भवन नरहेको भन्दै एमालेले यस्तो बताएको हो । माओवादीले कांग्रेससँग बार्गेनिङ गर्न सुनियोजित रुपमा एकता बारे हल्ला चलाएको एमालेको आशय छ ।

एमालेले एकताबारे कुनै छलफल नभएको भन्दै कांग्रेसलाई नडराउन भनेको छ । सं एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकता सम्भव नभएको दाबी गरे।

‘काँग्रेस डराउनु पर्दैन, तत्काल वाम एकताको सम्भावना छैनु, ज्ञवालीले भने । उनले अहिले देशलाई वामपन्थी एकातिर र गैरवामपन्थी एक हुनुपर्छ भन्ने पक्षमा एमाले नरहेको उनले बताए ।

ज्ञवालीले एमाले र माओवादी केन्द्रबीच एकताको चर्चा माओवादीले काँग्रेससँग बागर्नेनिङ गर्न चलाएको सुनियोजित हल्ला भएको दाबी गरे ।

  • ३१ जेष्ठ २०७९, मंगलवार ०९:३० प्रकाशित