लायन्स संगमको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन

केन्द्रभाग मिडिया

पोखरा ।
लायन्स क्लव अफ पोखरा संगम, लायन्स क्लव अफ पोखरा हेभन र लियो क्लव अफ पोखरा संगम को संयुक्त आयोजना पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान जीवनदान, जीवनदान महादान भन्ने मुल मन्त्रलाई आत्मसात गदै सोमबार भएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन लायन्स क्लब अफ पोखरा संगमका अध्यक्ष भोलानाथ ओझाले जानकारी दिए ।

रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा लायन्स र स्वयं सेवी रक्तदाताले रक्तदान गरेका थिए ।

लायन्स क्लब अफ पोखरा संगमका अध्यक्ष भोला नाथ ओझाको सभापतित्वमा पोखराको महेन्द्रपुलमा भएको कार्यक्रमम लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ नेपालका रक्तदान डिपार्टमेन्ट चिफ लायन महेश पौडेल को प्रमुख आतिथ्यता रहेको थियो ।

सो अवसरमा बोल्दै पौडेलले रक्तदान कार्यक्रमलाई लायन्सले प्राथमिकतामा राखेको बताए । पौडेलले आयोजक क्लव संगमका अध्यक्ष ओझालाई सामाजिक सेवाका उत्कृष्ट कार्यहरु सफलता पुर्वक सम्पन्न गरिसकेको र डिष्ट्रिक बाट सम्मानित समेत भईसकेको भन्दै क्लवका अध्यक्ष लायन भोला नाथ ओझालाई धन्यवाद दिएका थिए ।

कार्यक्रम प्रमुख अतिथिले पहिलो पटक रत्तदान गर्न लागेकी १८ बर्षिय रजनी श्रेष्ठलाई बल्ड व्याग हस्तान्तरण गरी शुभारम्भ कार्यक्रमको सुभारम्भ गरेका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा हेभनका संस्थापक अध्यक्ष लायन जीवनराज सापकोटा, रक्त संचार केन्द्रका प्राविधिक महेन्द्र के सी ,जोन चियर पर्सन लायन किरण श्रेष्ठ , लियो डिष्ट्रिक काउन्सिल अध्यक्ष ईलेक्ट लियो दिप्ति न्यौपाने ,लियो क्लव अफ पोखरा संगमका अध्यक्ष लियो अस्मिता शर्मा लगायतले समाजमा लायन्स क्लवहरुको भुमिका र रक्तदानको महत्वका विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा रक्तदान कार्यक्रमका संयोजक एवं लायन्स क्लव अफ पोखरा संगमका सचिव कोपिला श्रेष्ठको संचालन रहेको थियो ।

  • ३० जेष्ठ २०७९, सोमबार १८:३२ प्रकाशित