कृषि मन्त्रीले संसदमा भने : असारको अन्तिमसम्म मल आउँछ

केन्द्रभाग मिडिया

कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको बताएका छन् ।

नेकपा एमालेले सोमबार प्रतिनिधिसभामा प्रस्तुत गरेको मल अभाव सम्बन्धी प्रस्तावमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले असारको अन्तिमसम्म मल आउने सम्भावना रहेको बताएका हुन् । उनले मल ल्याउने ग्यारेन्टी गर्न नसकेको र सम्भावनाको कुरा मात्र रहेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

उनले भने, ‘अब स्थायी समाधान निकाल्नुपर्छ । जिटुजी पनि अस्थायी समाधान मात्रै हो ।’ मल अभाव समस्याको दीर्घकालीन समाधानका लागि नेपाल आयल निगम जस्तै निकाय स्थापना गरेर जानुपर्र्ने सोचमा सरकार रहेको पनि मन्त्री यादवले बताए ।

अर्कोतर्फ प्रांगारिक मल प्रदेश स्तरबाट उत्पादन गर्ने सरकारको लक्ष्य रहेकाले यो योजना अनुसार काम भएपछि रासायनिक मलको प्रयोगमा कमी आउने र माटोको उर्वरा शक्ति पनि नबिग्रने मन्त्री यादवले बताए । पछिल्लो समय नेपालमा रासायनिक मलको अभाव हुनु अन्तर्राष्ट्रिय बजारमै अभाव रहनु पनि एक रहेको उनको भनाइ छ ।

  • ३० जेष्ठ २०७९, सोमबार १७:४८ प्रकाशित