एनजीओ कर्मीविरुद्ध मुद्दा : नक्कली बिल भरपाई गरि लाखौँ भ्रष्टाचार गरेको आरोप

केन्द्रभाग मिडिया

काठमाडौं ।

एक एनजीओकर्मीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।

सरकारी सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको हो ।

रौतहट जिल्लामा रहेको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवले महिला जनचेतना कार्यक्रमको सञ्चालन गर्ने भनी रौतहटको गढिमाई नगरपालिकासँग सम्झौता गरी रकम लिएकोमा कार्यक्रम नै नगरी नक्कली बिल भरपाई तयार पारी १ लाख ७२ हजार २४० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

यादवले सम्झौता र कार्यादेश अनुसारको काम नगरेको र जनचेतना कार्यक्रमका नाममा नक्कली बिल भरपाई बनाएर पेस गरेको अख्तियारले जनाएको छ ।

  • ३० जेष्ठ २०७९, सोमबार १६:४१ प्रकाशित