पोखरा ।
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सोमबार बहुमतले पारित भएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यसवर्षका नीति तथा कार्यक्रम जेठ २४ गते संसदमा पेस गरेको थिए ।सो प्रस्ताव आज पारित भएको हो । प्रदेश सरकारले १ असारमा ३८ खर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ ।














