काठमाडौं ।
काठमाडौंको काँडाघारीमा एक युवकले आफैंले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन् ।
श्रीमतीसँग विवाद हुँदा ओखलढुंगाको चम्पादेवी नगरपालिका–४ घर भई काँडाघारीस्थित ढुंगेधारामा बस्ने २८ वर्षीय गणेश कार्कीले चक्कुले घाँटी काट्ने प्रयास गरेका हुन् ।
प्रहरी प्रभाग काँडाघारीको टोलीले कार्कीलाई उद्दार गरेर अस्पताल पठाएको छ । चक्कुले काटेर उनको घाँटीको अगाडीको भागमा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।३ दिनदेखि घर नगएका गणेशले आइतबार राति आफू बस्ने १ तले टहरोमा आत्महत्या प्रयास गरेका हुन् ।
पति पत्नीको बीचको झै–झगडा धेरै पटक प्रहरीसम्म पुगेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।