काठमाडौं ।
नेकपा एमाले केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने पार्टीको केन्द्रीय सचिवालय बैठकमा छलफल गर्ने तीन एजेण्डा तय गरेको छ ।
सचिव गोकर्ण विष्टका अनुसार कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागहरुको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण गरी तीन एजेण्डा तय गरेको हो ।
एमाले सचिवालय बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ ।














