विमानस्थल पीडितले सरकारलाई दिए अल्टिमेटम : सात दिनभित्र मुआब्जा नदिए आन्दोलन गर्ने चेतावनी

केन्द्रभाग मिडिया

मोरङ ।

विराटनगर विमानस्थल पीडित संघर्ष समितिले सात दिनभित्र मुआब्जा नदिए सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

दुई वर्षअघि रोक्का गरिएको आफुहरुको जमिनको अहिलेसम्म पनि मुआब्जा नपाएको र जग्गा फुकुवा पनि नभएको भन्दै उनीहरुले सात दिनभित्र आफ्ना माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

समितिले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले रोक्का राखेको १२६ दशमलव ४६ विगा जग्गाको १४०० कित्ताको मुआब्जा नदिएकाले २०७९ जेठ ३० गते विहान ११ बजे विरोध जुलुससहित जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीको कार्यालयमा सात दिने अल्टिमेटम सहितको मागपत्र बुझाउने तयारी गरेको छ ।

उनीहरुले सात दिन भित्र जमिनको मुआब्जाका लागि बजेटको सुनिश्चितता या रोक्का राखेको जमिन फुक्का नगरिएमा असार ६ गते देखी सडक आन्दोलनमा उत्रने घोषणा गरेका छन् । समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघर्ष समितिले लामो समयसम्म घरसहित जमिन रोक्का हुँदा ३५० परिवार आर्थिक संकटबाट गुज्रनु परेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ।

सर्वोच्च अदालतले निजगढ बारामा बन्ने विमानस्थल पर्यावरणका दृष्टि बनाउन नमिल्ने भनेपछि त्यो विमानस्थलका लागि सरकारले ६ अर्ब रुपैयाँ बिनियोजन गरेपनि विराटनगर विमानस्थललाई स्तरोन्नती गर्दै क्षेत्रीय स्तरको बनाउन बजेट बिनियोजन नगरेकाले आन्दोलन गर्नुपरेको समितिले जनाएको छ ।

  • २९ जेष्ठ २०७९, आईतवार १६:२२ प्रकाशित