रोल्पा ।
रोल्पामा माटोको ढिस्कोले पुरिदाँ एकै घरका दुई बालकको ज्यान गएको छ । रोकि राखेको एस्काभेटरमा खेलरहेका एकै घरका दुइ दाजुभाइको आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा पुरिएका हुन्
रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काका छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।