खगराजको प्रश्न : २४ लाख कोभिडविरुद्धको खोप कहाँ गयो ?

केन्द्रभाग मिडिया

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै जवाफ दिन सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो खोपबारे आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएको भन्दै असन्तुष्टि व्यक्त गरे।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिशन लिएको कारण हराएको आशंका गर्दै त्यसबारे संसदमा यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका हुन्।

आफू स्वास्थ्यमन्त्री भएकै बेला एचआईभी एड्सदेखि क्यान्सरसम्मका १३९ वटा औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै सांसद अधिकारीले त्यसबारे अरु थप भ्रम नछर्न पनि सरकारलाई चेतावनी दिए।

‘२४ लाख खोप कहाँ गयो ? हामीले उठाई राखेका छौं। समितिमा उठाएका छौं। सम्माननीय प्रधानमन्त्रीज्यूकोमा गएर भनिएको छ। त्यो २४ लाख खोप कम्पनीबाटै कमिसनमा हराएको होरु सभामुख महोदय। त्यसको जवाफ चाहिँदैन। निःशुल्क औषधिको कुरा चल्यो। म स्वास्थ्यमन्त्री हुँदा नै ७२ वटा त नयाँ औषधि निःशुल्क बनाएको हो’ उनले भने ।

  • २९ जेष्ठ २०७९, आईतवार १४:१२ प्रकाशित