कृषकलाई मल उपलब्ध गराउन सभामुख सापकोटाको ‘रुलिङ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले कृषकलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले कृषकलाई यथाशीघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई ‘रुलिङ’ गरे ।

उनले भने, “माननीय सदस्यहरू, खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध हुन सक्ने गरी व्यवस्थापन गर्नरगराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।”

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकारसँग माग गरेका थिए ।

  • २९ जेष्ठ २०७९, आईतवार १४:०५ प्रकाशित