एमाले सांसद तामाङ भन्छन्,गाँजा बेचे दुई वर्षभित्रै वैदेशिक ऋण तिर्न सकिन्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा बेचे राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसद तामाङले गाँजाबारे सो अभिव्यक्ति दिएका हुन् ।

उनले एचआईभी एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि गाँजा भएको दाबी गर्दै यसलाई बेच्न सके छिट्टै विदेशी ऋण चक्ता हुने बताएका हुन् । गाँजाका गुण बताउँदै उनले नेपालको स्वास्थ्य क्षेत्र र ऋण तिर्नका लागि उत्पादन र बिक्री वितरण खुला गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालयको लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राखे ।

नेपालमा क्यान्सरजस्तो प्राणघातक रोगले धेरै मान्छे मरिरहेका छन् र सम्पति सकिरहेका छन् । यसैगरी प्राणघातक रोग एचआईभी एड्सको कारण पनि मानिसको जिउन पाउने अधिकार नष्ट भइरहेको छ, उनले दाबी गरे, ‘एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि नै गाँजा हो । यस रोगका बिरामीहरूलाई तत्काल यसको व्यवस्था गरिएन भने हजारौं बिरामीहरू मर्ने खतरामा छन् ।’

नेपालमा गाँजाबाट बनेको औषधि नपाएर एड्स लागेका व्यक्तिहरू आमरण अनशन बस्न लागेको पनि तामाङको दाबी थियो ।

  • २९ जेष्ठ २०७९, आईतवार १३:४१ प्रकाशित