काठमार्डौ–१ मा चुनाव लड्ने रमेश खरेलको घोषणा

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।
रमेशप्रसाद खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट लड्ने सो पार्टीले जनाएको छ ।

 

सामाजिक सञ्जालमार्फत नेपाल सुशासन पार्टीले ‘देशमा सुशासनको स्थापना तथा भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ, सहयोग र माया रहिरहनेछ भन्दै अपेक्षा गरिएको’ जनाएको छ ।

खरेलले पनि आफु प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंँ १ बाट उम्मेदवार बन्न निर्णयमा पुगेको बताए

  • २९ जेष्ठ २०७९, आईतवार १२:२० प्रकाशित