आँबुखैरेनीमा भासिएको सडकबाट साना ठुला सबै सवारी चल्न थाले

केन्द्रभाग मिडिया

File photo

तनहुँ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक भासिएको सडकबाट साना ठुला सबै सवारी चल्न थालेका छन्। शुक्रबार बिहान भासिएको सो सडकको भित्तापट्टिको भाग तासेर सडक फराकिलो बनाएसँगै हिजो (शनिबार)देखि सबै खाले सवारी सञ्चालन गरिएको हो ।

उक्त खण्डमा एकतर्फीरूपमा सवारी सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । रातिको समयमा जोखिम हुने भएकाले शुक्रबार राति ७ बजेदेखि हिजो बिहान ६ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो ।

हिजो देखि साना तथा ठूला सबै गाडी चलेका छन् । काम हुँदै गर्दा केही समय रोकेर सवारी पठाउने गरिएकाले केही समय जाम हुने गरेको प्रहरीले जनाएको छ । सवारीसाधन एकतर्फी सवारी सञ्चालन हुँदा पृथ्वीराजमार्गको आँबुखैरेनी–डुम्रे खण्डमा सवारीको जाम हुने गरेको छ ।

  • २९ जेष्ठ २०७९, आईतवार ०९:०३ प्रकाशित